दफा १९
घर बिदा र बिरामी बिदा संचित गर्न पाउने
(१) श्रमजीवी पत्रकारले घर बिदा एकसय असी दिनसम्म र बिरामी बिदा जतिसुकै पनि सञ्चित गर्न सक्नेछ ।
(२) कुनै कारणले श्रमजीवी पत्रकार सेवाबाट अलग भएमा उपनियम (१) बमोजिम सञ्चित भएको घरबिदा र बिरामी बिदा बापत निजको पदाधिकार रहेको पदबाट खाईपाई आएको दरले हुन आउने रकम निजले एकमुष्ट लिन पाउनेछ ।
(३) उपनियम (२) बमोजिमको रकम लिन नपाउँदै त्यस्तो श्रमजीवी पत्रकारको मृत्यु भएमा त्यसरी संचित भएको घर बिदा र बिरामी बिदा बापतको रकम निजले इच्छाएको व्यक्तिले र त्यस्तो व्यक्ति नभएमा निजको नजीकको हकदारले पाउनेछ ।